निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए । विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्दतिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो ।आश्रम स्थापनाका लागि पशुपतिनाथका तत्कालीन मूलभट्टले स्थान दिनुभएको आचार्य पौडेलले बताउनुभयो । कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करीब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिइएको जनाइएको छ ,त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो । भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो ।पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याएका हुन् । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ । नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ ।स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि वि.सं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ । उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ ।



