फ्रान्सकी ११६ वर्षकी महिला कोरोना भाइरसको संक्रमण जित्न सफल भएकी छन् । फ्रान्सेली नन लुसिली रान्डनले सन् १९४४ मा सिस्टर एन्ड्री नाम लिएकी थिइन् ।उनले ११७ औँ जन्मदिनअघि कोरोना संक्रमण जितेर घर फर्किएकी हुन् । जनवरी १६ मा उनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो । उनमा कुनै लक्षण भने देखिएन ।आफू संक्रमित भएको आशंका समेत नगरेको उनले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन् । तोउलोनमा रहेको रिटायरमेन्ट होममा बस्दै आएकी उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको थियो ।हाल उनी पूर्ण रुपमा संक्रमण मुक्त भएकी छन् । दृष्टिबिहीन रहेकी सिस्टर एन्ड्रीले आउँदो बुधबार ११७ औँ जन्मदिन मनाउने तयारी गरेकी छन् ।सन् १९०४ को फेब्रुअरी ११ मा जन्मिएकी उनी युरोपकी सबैभन्दा पाको उमेरकी व्यक्ति समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah