लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले केही महिना अगाडि आफ्नै प्रदेश प्रहरी कार्यालयबाट बाल बिवाह बिरुद्ध प्रहरी अभियान चलायो । प्रदेश प्रहरी कार्यालयले १५ दिने अभियान प्रदेशका सबै प्रहरिका युनिटहरुबाट संचालन गरेको थियो ।यस  प्रदेश अन्तर्गतका सबै प्रहरी कार्यालयले लक्षित वर्गसम्म पुगी बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानीय तहहरू, संचार माध्यम, नागरिक समाज लगायत सबै सरोकार निकायहरूसँग सहकार्य गरी  सचेतनात्मक कार्यक्रम संचालन गरेको हो ।लुम्बिनि प्रदेशका डीआइजी रबिन्द्र बहादुर धानुकले भने, यसबाट चारैतिर सकारात्मक शन्देह प्रबाह भएको थियो, यो अभियान प्रहरी प्रधान कार्यालयको केन्द्रीय अभियान अन्तर्गत प्रदेशमा अभियान चलेको थियो ।यो अभियान चलेको धेरै लामो समय भएको छैन । प्रहरीको यस प्रकारको अभियानले समाजमा केही नयाँ सन्देश प्रबाह भएको थियो । प्रहरीले योबारे चिन्तितसँगै चासो बढाएको आम बुझाइलाई अहिले दाङ प्रहरीले बाल बिवाह गर्ने बेहुला र बेहुलीलाई मिलाएर छोड्दा आफ्नै अभियानलाई चुनौती दिएको छ,शुक्रबार मात्रै  बालबिवाह गरेको आरोपमा दाङ प्रहरीले बेहुलालाई पक्राउ गरेको थियो ।  सन्चारमाध्यममा समाचार नहुँदासम्म प्रहरीले बाल बिवाह गर्ने बेहुला र बेहुलीलाई कागज गरेर आफै छाडिसकेको थियो ।जब समाचार प्रकाशित भएपछि आफै कागज गरेर छाडेका बेहुला बेहुलीलाई पुन समातेर ल्याएको र मिडियामा चारैतिर समाचार आएपछि पक्राउ गर्नु परेको भनेर  बेहुला पक्षका आफन्तहरुले जिप्रका दाङको प्राङ्गणभित्र गाइगुइ सुनिन्थ्यो ।त्यही पनि प्रहरिले सन्चारमाध्यमा आइसकेकाले तत्काल छोड्दा मिलेर वा आर्थिक प्रलोभनमा परेर छाडेको सन्देश जाने भन्दै यो बिषय मत्थर बन्दै गएपछि छाड्ने प्रहरीले पीडित पक्षलाई आश्वासन दिँदै आयो।प्रहरीले बाल बिवाहको आरोपमा पक्राउ परेका ब्यक्तिलाइ तिन दिन हिरासतमा राखेर सोमबार मिलाइदिएर फेरि छाड्यो ।

घोराही ९ बस्ने  २८ वसन्त चौधरीलाई प्रहरीले मुद्धा नचलाई छोडेपछि प्रहरीप्रति अबिस्वास पैदा भएको बताए ।सत्ता र शक्तिको बलमा मुद्धा दर्ता नभएको र आफै मिलाउन प्रहरी सकृय रहनुले प्रहरीको काम कारबाही प्रति नै प्रश्न चिन्ह खडा भएको छ । यो बारेमा सबै जानकार हुँदा हुँदै पनि यो बिषयलाइ मुद्धा दर्ता गरेर कारबाहि गर्ने पक्षमा राजनितिक दबाबका कारण दाङ प्रहरी थिएन्। जति सक्यो चाडै मिलाएर आफै छाड्न चाहन्थ्यो प्रहरी। मिडियामा समाचार आएपछि देखाउनका निमित्त एक दुर्इ दिन राखेर प्रहरी छोडन चाहन्थ्यो ।जिल्ला प्रहरी कार्यालय दाङले  प्रहरी प्रधान कार्यालयकै अभियानलाई ठाडै चुनौती दिएपछि यहा हङ्गामा भएको छ । बाल बिवाहको मुद्धा दर्ता नगरी मिलाउने प्रमुख भुमिकामा दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द मुछिएका छन् । चन्दको सुरुवात नै विवासदत बन्दै गयो । करिब ८ महिना कार्यकाल गुजारेका उनी ढुङ्गा, गिट्टि बिबाद, ओभरलोडका टिप्पर प्रहरी आखै अगाडि गुड्दा पनि मौन बसेर आफै बिबादमा तानिने गरेका छन् ।ट्राफिकमा लामो समय बसेका उनले पहिलो इन्चार्जकारुपमा दाङ आए । राजनितिक दबाबमा खासै झेल्न नसक्दा पनि उनि पटक पटक बिबादमा आउछन् । स साना घटनालाई जतिसक्यो चाडै म्याद थपेर मुद्धा दर्ता गर्ने एसपी चन्द बाल बिवाहको आरोपमा पक्राउ परेकालाई मुद्धा चलाउन आनाकानी गरे ।सत्तारुढ दल नेकपाकै दबाबमा उनले मुद्धा चलाउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका एक जना प्रहरी अधिकारिले बताए । ती  चौधरीले केही दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल बिवाह गरेका थिए ।प्रहरीका अनुसार झण्डै १६ बर्षकी बालिकासंग २८ बर्षिय चौधरीले बिहे गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले स्थानीयबाट बाल बिवाहको उजुरी आएको र पछि जाहेरि नआउदा मुद्धा नचलाई छाडिएको बताए ।’स्थानीयको उजुरी आयो, तर जाहेरि आएन,’ चन्दले भने, ‘जाहेरि नआएपछि छाड्यौं ।’ कतिपय सन्दर्भमा प्रहरीले जाहेरी नआएपनि आफै नै प्रहरी प्रतिबेदन भन्दै मुद्धा चलाएको जिल्लामा धेरैपटक उदाहरण छ । एसपी चन्द आफै दबाबमा पक्राउ परेकालाइ मुद्धा नचलाई बचाउन खोजेपछि यो घटना बाहिर सार्बजनिक भएको हो ।दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले पनि जाहेरी प्रहरीमा नआउदा मुद्धा दर्ता गर्न समस्या भएको बताए । उनले बिहे गर्ने केटीको उमेर १६ बर्षको जति रहेको भन्दै जाहेरी नआउदा मुद्धा चलाउन समस्या भएकाले त्यो बारेमा कसरि अघि बढ्ने कुरा जिल्लाको प्रहरि प्रमुख भएको हिसाबले एसपीलाई  थाहा हुने प्रतिकृया दिए ।  यसअघि प्रहरीको मुद्दा फाटले केटी पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिएको र  उमेर खुल्ने कागज आएर बाल बिवाह गरेको देखिएमा कानुनी प्रकृया अघि बढ्ने बताएको थियो । यता यस बारेमा बुझ्न खोज्दा लुम्बिनि प्रदेशका डिआइजि रबिन्द्रबहादुर धानुकले  केटा र केटी पक्ष बच बिहे नभएको र थारुहरु समुदायको परम्परा अनुसार आफ्ना आफन्तालाई बोलाएर खानपिन गराएको भनेर जिल्लाले रिपोर्टिङ गरेको बताए ।जबकि प्रहरीका जिम्मेवार अधिकारी आफैले बाल बिवाहको घटनाबारे प्रेसलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah