सात वर्षीय बालकक चन्दन दासको अपहरण आरोपमा उनका बुबा रमेश र मामा लक्ष्मेश्वरसहित तीन जना पक्राउ।हिजो दिउँसो १ बजेदेखि चन्दन हराएको र साँझ चन्दन अपहरणमा परेका भन्दै एक करोड फिरौती मागेपछि खटिएको प्रहरी टोलीले चन्दनको उद्दार गर्दै उनीहरूलाई पक्राउ गरेको हो

काठमाडौं। बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषामा बालकको बुबा, मामासँगै तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले नगइराइन नगरपालिका – ६ जटहीका रमेश दास, मामा लक्षेश्वर दास र अर्का एक जनालाई पक्राउ गरेको हो।उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।रमेशका सात वर्षीय छोरा चन्दन हिजो दिउँसो १ बजेपछि हराएका थिए। साँझ भने नचिनेका मान्छेले फोनबाट बच्चा अपहरणमा परेको भन्दै बालकको परिवारसँग फिरौती एक करोड मागेको खबर जिल्ला प्रहरी कार्यालय धनुषामा पुग्यो।लगत्तै खटिएको टोलीले बालकलाई जनकपुरधामस्थित एक होटलबाट उद्धार गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah