प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला बढी अबैध सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध सुन फेला पारेको थियो ।सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।



