सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । कोरोना महामारीका बेला दर्शनार्थीको सङ्ख्यामा कमी आएको भएपनि अहिले भने बिस्तारै दर्शनार्थी बढ्न थालेका त्रिपुरासुन्दरी रणशैनी भगवती क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका मुखिया पदमबहादुर चन्दको भनाई छ । कोरोना महामारी रोकिएपछि धार्मिक पर्यटकीय क्षेत्रहरुमा पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो । उहाँले भन्नुभयो, “हाल दैनिक १५÷२० जना दर्शनार्थी तथा पर्यटक आउने गरेका छन्”
सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्यमा छनोट गरेपछि त्रिपुरासुन्दरी मन्दिरमा पुग्ने दर्शनार्थी तथा पर्यटकका लागि आवासको व्यवस्था गरिएको त्रिपुरासुन्दरी रणशैनी भगवती क्षेत्र विकास समितिले जनाएको छ ,शक्तिशाली भगवती त्रिपुरासुन्दरीको मन्दिरमा असार महिनामा अषाढी जात, साउन अथवा भदौमा रक्षाबन्धनका दिन बोगाल, कात्तिक शुक्ल नवमीका दिन कार्तिक जात खोलिन्छ । असोज र चैतको नवरात्रिमा दशमीसम्म नियमित पूजा गरिन्छ ।



