काठमाडौं – घुस रकम लिएको आरोपमा अख्तियार अनुसन्धान आयोगले धादिङ गंगाजमुना गाउँपालिकाका दुई जना कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएका टोलीले उनीहरूलाई रु. ९५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेका थिए ।
आयोगले घुस रकम लिएको आरोपपत्र शुक्रवार विशेष अदालत, काठमाडौंमा दायर गरेको जनाइएको छ ।



