काठमाडौँ : हस्‍तरेखा शास्‍त्रमा हात र औँलाको आकार जस्तैगरी नङको आकारबारेमा निकै कुराहरु बताईएको छ। यानी की तपाई कसैको नङ हेरेर मात्र पनि त्यस व्यक्तिको बारेमा धेरै कुराहरु थाहा पाउन सक्नुहुन्छ। नङ हेरेर सहज तरिकाले जोसुकैको बारे पनि जान्न सकिन्छ।

हस्‍तरेखाशास्‍त्र अनुसार यदि कसैको नङ छोटो छ भने बुझ्नुहोस् कि यिनीहरु बिनाकारण लडाई-झगडामा अग्रसर हुन्छन्। यानी कि यिनीहरु सानोतिनो कुरामा पनि झगडा गर्छन्। इच्छाशक्तिको मामिलामा यिनीहरु निकै सशक्त हुन्छन्। यहीँ कारण यिनीहरुले ठुल्ठुला काम पनि सजिलै पूरा गर्छन्।

यदि कसैको नङ गोलाकार छ भने

हस्‍तरेखाशास्‍त्र अनुसार यदि कुनै जातकको नङ गोलाकार छ भने यसलाई शुभ सङ्केत मानिन्छ। यस्ता मानिस सशक्त विचारधाराका हुन्छन् र साथै तत्काल निर्णय लिने क्षमता हुन्छ। साथै आफ्नो फैसलामा अडिग रहन्छन्। यिनीहरु निकै शान्त स्वभावका हुन्छन्। यिनीहरु ठुल्ठुला विषयमा पनि झगडा गर्नुको साटो छलफल गरी विवाद सुल्झाउँछन्।

यदि कसैको नङ पातलो र लामो छ भने

हस्‍तरेखाशास्‍त्र अनुसार यदि कुनै मानिसको नङ पातलो र लामा छन् भने यस्ता मानिस शारीरिक रुपमा कमजोर र अस्थिर विचारका हुन्छन्। यिनीहरु आफ्नो निर्णय पनि स्वयम् लिन् सक्दैनन्। यिनीहरु अरुले जे राय दिन्छन्, त्यहीँ पालना गर्छन्। यहीँ कारण यिनीहरु कार्यक्षेत्रमा असफल हुन्छन्।

यदि कसैको नङ उठेको छ भने

हस्‍तरेखाशास्‍त्र अनुसार यदि कसैको नङ अलि उठेको जस्तो छ भने यस्ता मानिसलाई भरोसा गर्नु अघि विचार पुर्याउनुहोला। यिनीहरु लाभ-हानि बारे सोचेर नै त्यसैको आधारमा व्यवहार गर्छन्। यिनीहरुले आफ्नो रिसलाई पूर्ण रुपमा नियन्त्रणमा लिएका हुन्छन्। तर सम्बन्धको मामिलामा यिनीहरुबाट इमानदारिता र विश्वसनीयताको आश गर्न सकिदैन।

यिनको जीवनमा कहिल्यै हुँदैन धनको कमी

हस्‍तरेखाशास्‍त्र अनुसार यदि कसैको नङ सामान्य लम्बाईको छ र चमकदार छ भने यसलाई शुभ मानिन्छ। यस्ता मानिसलाई रिस त अत्यधिक उठ्छ तर पलभरमै शान्त पनि हुन्छन्। यिनीहरु मनको एकदमै सफा हुन्छन्। साथै उत्तम विचार र निरन्तर अगाडी बढिरहने महत्वकांक्षी हुन्छन्। यस बाहेक यिनको जीवनमा कहिल्यै धनको कमी हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah