प्रहरीले चोरी मुद्दाका आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले मकवानपुर घर भई बसुन्धरा बस्ने ३६ वर्षीय ‘खन्ती’ भन्ने सुकलाल वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।उनीमाथि गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखाना बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरी फरार भएको आरोप छ।प्रहरीले उनलाई सहजै पक्राउ गर्न भने सकेन। उनलाई पक्राउ गर्न नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी उपरीक्षक प्रा. डा आशिष दत्त नै खटिनु परेको थियो। त्यस्तै प्रहरीले विपद व्यवस्थापनको उद्धार टोली पनि परिचालन गरिएको थियो।उनी आइतबार नै चोरो गरी फरार भएका थिए।

चोरीपछि फरार भएका वाइबा आइतबार दिउँसो गोकर्णेश्वर नगरपालिका-४ उत्तरबाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपी बसेका थिए।प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा उनी भागेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।भागेका वाइबालाई प्रहरी पछ्याउँदै जाँदा उनी गोकर्णको खोंचको एक रूखमा चढेको बस्नेतले बताए। रूखमा चढेर उनले ‘हाम फालेर मर्छु’ भन्न थालेका थिए।बौद्ध प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्की घटनास्थलमा पुगेर उनलाई रूखबाट झर्न आग्रह गरेका थिए।

तर नमानेपछि विपद् व्यवस्थापनको टोली बोलाइएको थियो।डा आशिष दत्तले करिब एक घण्टासम्म उनलाई काउन्सिलिङ गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।  काउन्सिलिङ गरेर उनी फर्किन मानेपछि टोलीले करिब ३० फिट तल भिरमा गई वाइबाको उद्धार गरेको हो। प्रहरीले उनको चार घण्टापछि उद्धार गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah