भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा २ लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म १ करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा ७ लाख ३ हजार ७७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah