ड्रागन Cactaceae अर्थात सिउडी प्रजातिअन्तर्गत पर्ने फल हो । गर्मि र सुख्खा हावापानीमा हुने यो फलको वैज्ञानिक नाम Hylocereus Undatus हो । यो फल सामुन्द्रिक सतहबाट ३५ सय मिटरको रेन्जमा पाइन्छ ।दक्षिण अमेरिकाबाट उत्पत्ति भएको ड्रागन फल नेपाल भित्रिएको धेरै लामो समय भएको छैन तर यसको लोकप्रियता भने निकै बढेको छ । यो फल हेर्दा जति आकर्षक हुन्छ त्यति नै स्वादिष्ट पनि हुन्छ ।यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदाँ यसलाई ड्रागन फल भनिएको हो । दक्षिण पूर्वी एशियाका देशहरू भियतनाम, थाइल्यान्ड, फिलिपिन्सलगायतका देश हुँदै यो फल नेपाल भित्रिएको हो ।

ड्रागन फल रातो, पहेंलो, सेतो र गुलाबी रङ्गमा पाइन्छ । पहेंलोचाँही धेरै सेन्सेटिभ प्रजाती भएको हुनाले यो नेपालमा खासै पाइदैन । नेपालमा विशेषगरी रातो र सेतो प्रजातिको ड्रागन फल पाइन्छ । काठमाडौँमा प्रायः जसोले यो फल कौसीमा लगाउने गरेका छन् भने खेतबारीमा पनि लगाइएको पाइन्छ । पछिल्लो समय नेपालमा व्यवसायिक रूपमा ड्रागन फलको खेती गर्नेको सङ्ख्यामा समेत बृद्धि भइरहेको छ । फूल फुलेको चार र पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । राती फुल्ने ड्रागन फलले रोपेको २ बर्षपछि फल दिन्छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

स्वाद

ड्रागन फल स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । यसमा धेरै मात्रामा क्याल्सियम मिनरल पाइन्छ । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यस फलको स्वाद गुलियो र अमिलो मिश्रित हुन्छ । फलको तौल २०० ग्राम ९१.२ के.जी हुन्छ । फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ ।यो फलबाट उच्चस्तरको आइसक्रिम, केक, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ ।

स्वास्थ्यका लागि अत्यन्त लाभदायी र पोषणयुक्त भएको कारण पछिल्लो समय सौखकै रूपमा ड्रागन फुडलाई लिने गरिन्छ । अत्यन्त थोरै संख्याले मात्रै यसलाई व्यवसायिक खेतीको रूपमा अघि बढाएका छन् भने नहुनेले कौसीमा वा करेबारीमा लगाएका पाइन्छ । व्यवसायका कुरा गर्ने हो भने जमिनको उपब्धता नहुनेहरूले गमलामा वा कौसीमा तथा करोशाबारीमा लगाउने गरेका पाइन्छ ।

कहाँ पाइन्छ ? 
ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भएको प्रसस्त घाम लाग्ने र वार्षिक ५०/ १५० सेन्टिमिटर बर्षा र २०–३० से. तापक्रम हुने ठाउमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । यो डिर्जट फल अर्थात् मरुभूमीमा फल्ने फल भएको हुनाले ३५ सय देखी माथिको रेन्जमा लगाउदा राम्रो हुन्छ ।अत्याधिक चिसोमा र पानी जम्ने ठाँउमा यो राम्रो हुदैन । यो फल नेपालमा पाइन थालेको धेरै समय भएको छैन । शुरूमा ७ सय देखी ९ सय रुपैयाँ प्रतिकेजीसम्म केजीसम्म बिक्री वितरण गरिएको यो फलको हालको मूल्य ५÷६ सय रुपैयाँ प्रतिकेजीसम्म पर्छ । यो फलको तौल २०० ग्राम देखि १ केजीसम्मको  हुन्छ ।

कसरी लगाउने ? 

पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ छनोट गर्नुपर्दछ । बलौटे र दोमट माटोमा सजिलै यसको खेती गर्न सकिन्छ । यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुविधा भएको ठाउंमा तराइ,भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ ।माटोको पिएच ५–५ देखी ७ सम्म हुनु पर्नेछ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ । ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको एचपि र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । मरुभूमिमा फल्ने प्रजातिको विरूवा हो यो ।

ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको एचपि र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । मरुभूमिमा फल्ने प्रजातिको विरुवा हो यो ।

अरुको लहलहैमा लागेर लगानी गरेमा पछि उत्पादन नहुँदा लगानी डुब्ने जोखिम अत्याधिक भएको कारण ड्रागन खेती गर्नुअघि हावापानी, माटो र पानीको अवस्थाको जानकारी लिनु पर्दछ । ड्रागन अत्याधिक चिसोमा हुँदैन । यो रोपेको ठाउँमा पानी जम्न हुँदैन ।

एक रोपनी जग्गामा ३३०/ २५० वा ३०० को हाराहारीमा विरुवा लगाउन सकिन्छ । २.५ को मिटरमा यो विरुवा लगाउनु पर्ने हुन्छ । व्यवसायिक रूपमा ड्रागन फुटको खेती गर्दा यी कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ भने थोरै कौसीमा लगाउछु भन्नेहरूका लागि जसले लगाए पनि फरक पर्दैन ।

जरा पलाइसकेको विरुवा चाडै फल्छ । रोप्ने सिजन फागुनदेखि चैत बैशाखसम्म हुन्छ । असार साउनदेखि यो संख्या अझै बृद्धि हुन्छ । यसको सबैभन्दा बढी फल लिने समय भनेको १८ महिना हो । यो १२ देखि १८ महिनामा यसको फल्ने समयावधि हो । माटो परीक्षण, लगायतका विभिन्न काम सकेर मात्रै व्यवसायिक रूपमा समय दिनु रामो हुन्छ । यसको बाजर रामो छ । बजारमा जथाभावी यसको विरूवा पाइदैन । विश्व बजारमा यसको सम्भावना धेरै छ ।

ड्रागन फलको विरूवा किन्दा मदर प्लान्ट हो कि हैन भन्ने कुरा पहिचान गर्नुपर्दछ । सिडबाट उमारेको विरुवा हो भने विरूवा उत्पादन गर्न ४ देखी ५ वर्ष लाग्छ । मदर प्लान्टबाट कटिङ गरेको विरूवा हो भने १२÷१५ महिनादेखी १८ महिनामा यसले फल दिन्छ । नेपालमा पनि कटिङ गरेको विरूवाहरू पनि पाइन्छ तर हामीले भने भारतबाट ल्याउने गरेका छन् । बजार हेरेर विरुवाको मूल्य तय गरिन्छ । हरेक व्यवसायीहरूले आ–आफ्नो हिसावले मूल्य निर्धारण गर्नुहुन्छ भने मैले सर्वसुलभ रूपमा सबैतिर विरुवा पुगोस् भनेर १३० रुपैयाँ न्युनतम् मूल्य राखेको छु । धेरै माग भएको खण्डमा डेलभरी चार्ज पनि हामीले नै तिर्छौ ।

नेपालको ३०/ ४० जिल्लाहरूमा ड्रागन फुडको विरुवा पु¥याइसकेको छु । जसमा एकजनाले ५ हजार पिससम्म लानुभएको छ । ड्रागन फलको रूख भएकोले सपोर्टको आवश्यकता पर्दछ जसको लागि सिमेन्टको पिलर दिगो हुन्छ विकल्पको रूपमा/ काठ/बाँस/ फलामको खम्बा पनि प्रयोग गर्न सकिन्छ ।लगाएको १/ २ बर्षबाट फल्न शुरू भई निरन्तर २०/ २५ बर्षसम्म उत्पदन दिने भएकोले पिलर बनाउदा ४÷४ साइजको ८ फिट लामो २ वटा रड भएको बलियो किसिमको बनाउनु पर्छ ।फूल फुलेको ३० देखि ४५ दिनमा फल तयार हुन्छ । यो जेठदेखि असोज कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । हुर्केको बोटबाट बार्षिक ३० देखी ५० किलोसम्म ड्रागन उत्पादन दिन्छ ।एक बोटदेखि अर्को बोटको दुरी २ह२ मिटर र पिलरदेखि पिलरको दुरी २.५ र २.५ मिटरको दुरी राख्नुपर्दछ ।१ हेक्टर जग्गामा २००० पिलर प्रतिपिलर ३ वटाको दरले ६००० र ४ वटाको दरले ८००० विरूवा आवश्यक पर्दछ ।

विरुवाको न्युनतम् मूल्य १३० रुपैयाँ

नेपालमा भएको विरूवा महङ्गो र सर्वसुलभ नहुने भएकोल सबै किसान तथा सर्वसाधारणको पहुँमा छैन । हामीले काठमाडौँ र काठमाडौँ बहिर पनि डेलिभरी गरेर यो व्यवसायसम्बन्धी सम्पूर्ण जानकारी दिने गरेका छौं ।

हामीसँग सम्पूर्ण फलफूलदेखि, घरभित्र राख्नेदेखि घरवाहिर राख्ने हरेक प्रजातिका मूख्यगरी ड्रागन फुड, सुन्तला, मुन्तला, बाह्रमासे कागती, लिच्ची, अमलालगायतका विरुवाहरू पाइन्छ । हालसम्म करिब ५० हजारजतिको ड्रागन फुडको विरूवा बुकिङ भएको छ । लगभग ३० हजारजति पठाइसकेको छु भने अरु बाँकी छ ।

बजार हेरेर विरुवाको मूल्य तय गरिन्छ । हरेक व्यवसायीहरूले आ–आफ्नो हिसावले मूल्य निर्धारण गर्नुहुन्छ भने मैले सर्वसुलभ रूपमा सबैतिर विरुवा पुगोस् भनेर १३० रुपैयाँ न्युनतम् मूल्य राखेको छु ।

धेरै माग भएको खण्डमा डेलभरी चार्ज पनि हामीले नै तिर्छौ । यसबाट किसान दाजुभाइहरु सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ ।
नेपालको ३०/ ४० जिल्लाहरूमा ड्रागन फुडको विरुवा पु¥याइसकेको छु । जसमा एकजनाले ५ हजार पिससम्म लानुभएको छ ।

(नर्सरी क्षेत्रमा तीन दशक लामो अनुभव सङ्गालेका भक्तपुरका उद्यमी युवराज गिरीको भनाईमा आधारित उनको नर्सरीमा  ड्रागन फ्रुट्सका विरुवादेखि कागती अमलासम्मका विरुवाहरू पाइन्छ । आफ्नो बुवाले शुरु गरेको नर्सरीलाई अघि बढाएका  हुन् । पछिल्लो बर्ष नेपालमा निकै लोकप्रिय भइरहेको फलको रूपमा ड्रागन परिचित छ । व्यवसायी गिरीसँगको कुराकानीको आधारमा तयार गरिएको सामग्री हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah