काठमाडौं । नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार विस्तार गर्न लिँदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।कुनै पनि वस्तुको बिक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिइँदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सीईओ सागर पोखरेलले जानकारी दिए ।मार्टले सीमित अवधिका लागि फ्रेन्चाइज शुल्कसमेत नलिने पोखरेलले बताए । योसँगै अझ रफ्तारमा बजार विस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्
।कम्पनीले साथी प्रडक्सनमार्फत अचार, ड्राइफुड, चिया, कफी, दाल चामल, घ्यु, गुन्द्रुकजस्ता नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफलगायत २ सयभन्दा बढी उत्पादन गरी आफ्नै आउटलेटबाट र आउटलेटलाई नै वितरक बनाई होलसेलमा बिक्री गर्ने योजनासमेत कम्पनीले ल्याएकाे छ ।छिट्टै अनलाइन शपिङमार्फत मार्टले स्टोरबाट दिनभरी नै होम डेलिभरी सुविधा दिने र ब्राण्डिङ, विज्ञापन तथा उपहार योजना व्यापक गर्नेसमेत तयारी गरेकाे छ ।युनिलिभर, डाबर, पीएनजी, जिलेट, ओले, हुइस्पर, ब्रीटानिया, केलोक्स, हरलिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक वितरकसमेत साथीमार्ट बनेको छ ।यस्तै, मार्टले केही सीमित अवधिका लागि आक्रमक रुपमा बजार विस्तारको लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाडाैंमा २०० को संख्या पुर्याउने लक्ष्यसमेत राखेको छ ।सबै म्यानुअल तथा उच्च प्रविधिबाट सञ्चालन हुने तथा दशौं वर्ष रिटेलमा अनुभवी व्यक्तिहरू सपोर्ट हुनाले अर्काले खोलेभन्दा आधा लगानीमा ब्रान्डेड मार्ट पाइने पाेखरेलले बताए ।फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) वा ९८८०१२३१२३ मा फाेन गरेर आवेदन दिनसक्ने बताइएको छ ।



