सुनसरी,सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षती भएको छ । आज दिउसो साढे ११ बजे सोमनलाल माझीको आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.-१-००२-००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलि नष्ट हुँदा १९ लाख बराबरको क्षती भएको हो । उक्त आगो दम्कल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ बर्षीय राजेन्द्र शाह समेत घाईते भई उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
Aa


