दमक/आज बिहान झापाको शिवसताक्षी १ दुधेमा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन । बिहान करिब ४.२० बजे पुर्व पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक ललितपुर ७ का ३० बर्षिय उत्सव घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते उनको उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको एम्बुलेन्सका सहचालक ३० बर्षिय सन्तोष तामाङ गम्भिर घाइते भएका छन । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



