सुनसरीको इनरुवा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख राजन मेहताले सार्वजनिक सूचनामार्फत विद्यालय तथा सभा समारोह बन्द गर्न भनेका हुन् । सुनसरी जिल्लाका सरोकारवालाहरुको छलफलबाट निष्कर्ष निकालेर विद्यालय बन्द गराउने निर्णय गरेको प्रमुख मेहताले सूचनामा उल्लेख गरेका छन् । कोरोना संक्रमणको जोखिम निकै बढेकाले विद्यालय बन्द गर्नुपरेको उनले उल्लेख गरेका छन् । विद्यालयसँगै नगरपालिकाले सभा समारोह, सम्मेलन, मेला तथा जात्राहरुमा पनि बन्देज लगाएको छ । नगरपालिकाले कोरोना जोखिम कम गर्नका लागि नगरपालिकाले निर्णयमा सघाउनका लागि स्थानीयलाई आग्रहसमेत गरेको छ । कोरोना जोखिम कम गराउनका लागि नगरपालिकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नका लागि आग्रह पनि गरेको छ ।



