विराटनगर  : विराटनगर महानगरपालिका–८ हाटखोलाका ७ वर्षीय बालक उप्लव बस्नेत शनिबार बिहान ११ बजेतिर खेल्ने भन्दै घरबाट निस्किए ।छिमेकी अर्का बालकसँग निस्किएका उनी दिउँसोसम्म पनि घर फर्किएनन् । खेल्न सँगै गएका बालक भने घर फर्किएको देखेपछि अभिभावक र आफन्तले उप्लवको खोजी गर्न थाले । फेला पार्न नसकेपछि अभिभावकले ४ बजेतिर प्रहरीमा खवर गरे । स्थानीय बासिन्दा र आफन्तसँग मिलेर प्रहरीले शंकास्पद स्थानमा खोजी गर्न थाल्यो । तर अवेरसम्म फेला नपरेपछि विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पनि हराएका बालकको बारेमा चर्चा चल्यो । खेलको उद्घोषण गरिरहेका डा. सन्देशदास श्रेष्ठले बालकको हुलियासहित उनको नाम लिएरै फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिन पटक–पटक सबैमा आग्रह गरे ।

फुटबलमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लबबीचको फाइनल प्रतिस्पर्धा रोमाञ्चक बनिरहँदा बालक हराएको सूचनाले दर्शकदेखि लिएर सबैको मन खिन्न बनाएकै थियो । राति खेल सकिँदासम्म पनि बालकको कुनै अत्तोपत्तो लागेन । तर पनि वडा प्रहरी कार्यालय हाटखोलाकी प्रमुख सइ (प्रहरी नायव निरीक्षक) मुना डाँगी नेतृत्वको टोलीले बालकको खोजी जारी राख्यो । प्रहरी, आफन्त र स्थानीय बासिन्दाले रातभर खोज्दा पनि उप्लवलाई फेला पार्न सकेनन् । सइ डाँगीले उनीसँगै खेल्न गएका अर्का बालकलाई बोलाएर सबै कुरा सोधिन् । ति बालकले उप्लव पौडी खेल्न भन्दै चप्पल फुकालेर सिंघिया खोलामा हामफालेको जानकारी गराए । उप्लवले हामफालेको स्थान बालकले देखाइदिए । आफूलाई भने खोलामा पस्न डर लागेकाले त्यहाँबाट घर फर्किएको उनले बताए ।

मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिका हुँदै बग्ने खोलाको दह गहिरो थियो । डुबेको भनिएको दहभित्र र वरपर सबै लागेर खोजी गर्दा पनि उप्लव फेला परेनन् । उनले लगाएको चप्पल भने खोलाको डिलमै भेटियो । तर पछि प्रहरीकै आग्रहमा खोलामा जाल हानियो । डुबेर मृत्यु भएको अवस्थामा रहेका उनको शवलाई जाल हानेरै खोलाको दहबाट बाहिर निकालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । ‘दह धेरै गहिरो रहेकाले खोजी गर्दा पनि बालकलाई फेला पार्न सकिएन,’ उनले भने, ‘तर दहभित्रै रहेको आशंकामा जाल हान्दा शव फेला परेपछि बाहिर निकालियो ।’ राईका अनुसार मृत फेला परेका बालकको शरीरमा कुनै चोटपटक छैन । घटना शंकास्पद पनि नरहेको र खेल्ने क्रममा बालक खोलामा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । खेल्ने क्रममा खोलामा पसेपछि दहमा डुबेकाले बाहिर निस्कन नसक्दा बालकको पानीभित्रै मृत्यु भएको हुनसक्ने राईले बताए । कोसी अस्पतालमा पोस्टमार्टम गरेर आफन्तलाई शव बुझाउँदै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको जानकारी उनले दिए । उनका अनुसार बालकका बुवा उपेन्द्र बस्नेत पनि नेपाल प्रहरीका सइ हुन् । तेह्रथुममा कार्यरत उपेन्द्र छोराको मृत्यु भएको जानकारी पाएलगत्तै आइतबार विराटनगर आइपुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah