बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएकोे छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोप लगाएपछि गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको मष्टा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख भीम बोहराले जानकारी दिनुभयो । जिल्लाको पहिलो पालिकाका रूपमा पूर्ण खोप सुनिश्चितता भएको हो ।गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भनेर विशेष अभियानमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले निःशुल्क औषधोपचार, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको, सेवाबाट वञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउँदै प्ूर्ण खोपलाई दिगो बनाउन गाउँपालिका सदैव लागि पर्ने प्रतिबद्धतासमेत गर्नुभयो ।सात वडा रहेको गाउँपालिका क्षेत्रभित्रका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले नियमित खोप प्राप्त गरेको आधारमा मष्टा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नेपाल सरकारले तोकेबमोजिमको खोप क्लिनिकमार्फत सबै बालबालिकालाई खोप सेवा प्रवाह गरी खोप सुनिश्चितता घोषणा गरिएको हो । अन्य स्थानीय तहमा पनि यो अभियान चाँडै सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत मनोहर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah