मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कार्य र मित्रसँग बिताउनुहुनेछ। मित्रसँग खर्च हुनेछ। वृद्दको तर्फबाट सहयोग मिल्नेछ। आकस्मिक धन लाभले मानसिक प्रसन्नता बढाउनेछ। टाढा बस्ने सन्तानबाट शुभ समाचार मिल्नेछ। यात्रा वा भ्रमण सफलतापूर्वक आयोजन गर्नुहुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

रोजगारमा पदोन्नतिको समाचार मिल्नेछ। उच्च पदाधिकारीको सहयोग प्राप्त हुनेछ। तपाईको पक्षमा सरकारी निर्णय रहनाले लाभ मिल्नेछ। घरायसी जीवनमा सुख- शान्ति रहनेछ। नयाँ कार्यको आयोजन हातमा लिनुहुनेछ। अधुरो कार्य पूरा हुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। धन र मान- सम्मान प्राप्ति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

थोरै प्रतिकूलताको सामना गर्नुपर्नेछ। स्वास्थ्य खराब हुन सक्छ । जसकारण कुनै पनि कार्य गर्दा उत्साह कम हुनेछ। रोजगारमा साथी कर्मचारी र उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण नहुनाले मानसिक निराशा उत्पन्न हुनेछ। सन्तानको सम्बन्धमा समस्या आउनेछ। विरोधिसँग वाद-विवादमा उत्रिनु हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईमा नकारात्मक व्यवहार व्याप्त रहनेछ। रिस अधिक रहनेछ। स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। अनैतिक कामवृत्ति र चोरी जस्ता विचारमा ध्यान राख्नुहोला। अन्यथा अनिष्ट हुन सक्छ। बोलीमा विशेष ध्यान राख्नुहोला। कुटुम्बसँग झगडा वा विवाद होला। आर्थिक समस्या अनुभव गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मनोरंजन तथा घुमफिरमा समय बिताउनुहुनेछ। तर पनि सांसारिक मामलाको विषयमा व्यवहार उदासीन रहनेछ । जीवनसाथीको स्वास्थ्य खराब होला। विपरीत लिंगीय व्यक्तिसँग भेट हुँदा आनन्ददायक महसुस गर्नुहुनेछ। व्यापारीसँग धैर्यतापुर्वक काम गर्नुहोला। सार्वजनिक जीवन तथा सामाजिक जीवनमा कम सफलता मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कल्पनाशक्ति र सिर्जनशक्तिलाई राम्रोसँग काममा लिन सक्नुहुनेछ। बौद्धिक प्रवृत्ति वा चर्चामा भाग लिन मन पराउनु हुनेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। स्त्री मित्रको सहयोग मिल्नेछ। प्रिय व्यक्तिसँग भेट सुखद रहनेछ। अत्यधिक विचारबाट मन विचलित बन्नेछ । सामान्य रूपबाट शारीरिक मानसिक ताजगीको साथै सबै कार्य गर्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्धिक प्रवृत्ति र चर्चा अग्रिम स्थानमा रहनेछ । तपाईको कल्पना र सिर्जनशक्तिको प्रगतिबाट सन्तोष अनुभव गर्नुहुनेछ। व्यर्थ वाद-विवाद वा चर्चाम नउत्रिनुहोला। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। प्रिय व्यक्तिसँग भेट हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईले दिन शान्तिमा बिताउनुहुनेछ। शारीरिक स्वास्थ्य बिग्रिनेछ। मानसिक रूपले स्वस्थ रहनुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। पारिवारिक सदस्यसँग झगडा हुनेछ। स्थायी सम्पत्तिको पत्रमा हस्ताक्षर गर्दा ध्यान दिनुहोला। स्त्री वर्गबाट नोक्सान हुन् सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

गूढ रहस्यवाद र आध्यात्मिकताको रङ चढ्नेछ। त्यसैले यस विषयमा गहिराईमा सोच्नु हुनेछ। नयाँ कार्य गर्नको लागि प्रेरित रहनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। तपाईको मन प्रसन्न रहनेछ। छोटो यात्रा होला। आफन्तसँगको भेट सुखद रहनेछ। भाग्यले साथ दिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नबोल्नु नै सबैभन्दा धेरै राम्रो गुण रहनेछ। पारिवारिक सदस्यसँग मनमुटाव नहोस यस कुराको ध्यान राख्नुहोला। विधार्थीले पढाईमा परिश्रम गर्नुपर्नेछ। नकारात्मक विचारमा काबू राख्नुहुनेछ। स्वास्थ्य मध्यम रहनेछ। दाहिने आँखामा समस्या हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक, मानसिक र आर्थिक प्रत्येक दृष्टिले दिन शुभ रहनेछ। परिवारसँग सुरुचिपूर्ण भोजनको आनन्द उठाउनु हुनेछ। मित्रसँग बाहिर घुम्न जानुहुनेछ। चिन्तनशक्ति र आध्यात्मिक शक्ति राम्रो रहनेछ। दाम्पत्यजीवनको मधुरताको आनन्द उठाउन सक्नुहुनेछ। उपहार र धन प्राप्ति होहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कमै समयमा लाभ लिने लालच छोडेर लगानीमा ध्यान राख्नुहुनेछ। तपाईको मनको एकाग्रता कम रहनेछ । शारीरिक स्वास्थ्य खराब हुनेछ। सन्तानको समस्यामा अल्झीरहनु हुनेछ। आफन्तबाट टाढा थ्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। महत्त्वपूर्ण पत्र वा अदालती मामिलामा सावधानी अपनाउनु होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah