प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण आलोचना खेपिरहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले सहयोग स्वरुप दिइएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई भनेका छन् ।

दुतेर्तेले चीनलाई भविष्यमा सिनोफार्म नभई सिनोभ्याक भ्याक्सिन मात्रै पठाउन भनेका छन् । यो भ्याक्सिन हाल फिलिपिन्समा प्रयोग गरिँदैछ ।

दुतेर्तेले भनेका छन्, ‘मैले कम्प्यासनेट युज क्लज (जसमा केही मानिसहरु अत्यन्त आवश्यक हुँदा अप्रमाणित औषधी लिन्छन्) अन्तर्गत सिनोफार्मको खुराक लिएको थिएँ किनभने मलाई मेरो डाक्टरले भ्याक्सिन लिन सल्लाह दिएका थिए ।’

स्थानीय मिडिया रिपोर्टका अनुसार उनले मानिसहरुलाई यस्तो नगर्न अपिल गर्दै भनेका छन्, ‘मैले जे गरेँ, त्यो नगर्नुहोस् । यो खतरनाक छ किनभने यो विषयमा कुनै अध्ययन गरिएको छैन । यो शरीरका लागि ठिक नहुन पनि सक्छ । यो भ्याक्सिन लिने ममात्रै एक्लो व्यक्ति रहन दिनुहोस्, तपाईंहरु नलिनुहोस् ।’

चीनको कोरोना भ्याक्सिन सिनोफार्म र सिनोभ्याकले यो हप्ता विश्व स्वास्थ्य संगठनले सहमति दिन सक्छ ।

सिनोफार्मलाई अहिलेसम्म अनुमति नदिएका कारण यसको नकारात्मक असर हुन सक्ने सम्भावना छ । दुतेर्तेले पछि समस्या नहोस् भन्नका लागि यो फिर्ता लानुपर्ने बताएका छन् ।

यी दुई चिनियाँ भ्याक्सिनले भाइरसको कणलाई मार्ने तरिकामा काम गर्छ । यस्तै मोडर्ना र फाइजर mRNA भ्याक्सिन हो जसले शरीरमा भाइरल प्रोटिन बनाउने प्रक्रियामा काम गर्छ ।

यतिबेला फिलिपिन्समा एस्ट्राजेनेका र सिनोभ्याक्सले अप्रुभल पाइसकेको छ । यद्यपि, दुतेर्तेले अनुमति पाइसकेको यी दुई भ्याक्सिन किन लगाएनन् भन्ने स्पष्ट जानकारी छैन ।

फिलिपिन्स पूर्वी एशियामा कोरोनाद्वारा सर्वाधिक प्रभावित देशमध्ये एक हो । यहाँ १० लाख कोरोना संक्रमित भेटिएका छन् र हालसम्म १८ हजार संक्रमितको मृत्यु भइसक्यो ।
-रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah