बितेको २४ घण्टामा सबैभन्दा धेरै मृत्यु हुनेको संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २ हजार ६७३ जनाले ज्यान गुमाएका छन् । मर्नेहरूको संख्याको सूचीमा ब्राजिल विश्वको दोस्रो नम्बरमा पर्दछ । हालसम्म ब्राजिलमा भाइरसबाट ४ लाख ९० हजार ६९६ जनाको ज्यान गएको छ ।
भारतमा संक्रमणबाट १ हजार ४११ जनाले ज्यान गुमाएका छन् । संक्रमणबाट मृत्यु हुनेहरूको संख्यामा भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा आउँछ । हालसम्म भारतमा संक्रमणबाट ३ लाख ७९ हजार ५७३ जनाको ज्यान गएको छ ।
अमेरिकामा संक्रमणबाट ४११ जनाको ज्यान गएको छ । अमेरिकामा हालसम्म ६ लाख २८७ जनाको ज्यान गएको छ ।
यसै गरी कोलम्बियामा ५९५, रुसमा ३९६, मेक्सिकोमा २३९, जर्मनीमा ११०, इरानमा १२९, इन्डोनेसियामा १९६, दक्षिण अफ्रिकामा १३६ र फिलिपिन्समा १५८ जनाको ज्यान गएको छ ।
जोन्स होपकिङ युनिभर्सिटीका अनुसार विश्वभरमा हालसम्म कोरोना भाइरसबाट १७ करोड ६७ लाख भन्दा धेरै संक्रमित भएका छन् भने ३८ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।



