सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजय भएका छन् । बास्तोलाले एक हजार ६९८ मतसहित जित हासिल गरे  उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गरे । राई जम्मा ४२ मतले पराजित भएका हुन् ।

नेचा सल्यानको उपप्रमुखमा काँगेसकी कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी भइन् ।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ्ग र काँग्रेसले सोलुदूधकुण्ड नगरपालिका जितेको छ । अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ ।

दूधकौशिका गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । उपप्रमुखमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

शनिबार आएको मतपरिणामअनुसार दूधकौशिका गाउँपालिका–३ मा नेकाका भूपाल राई, वडा नं ४ मा नेकाकै नातिकाजी गुरुङ अध्यक्ष सहितको प्यानल विजयी भएको छ ।

वडा नं ५ मा नेकपा माओवादी केन्द्रका प्रेमकुमार राई अध्यक्ष सहितको पूरै प्यानल विजयी भएको छ । अहिले बिहान ७ बजेबाट २, ६ र ७ वडाको मतगणना सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah