दमकमा सुस्त गतिमा मत गणना भएपछि अझै मत गणना कहिले आउला भनेर प्रश्न गर्न थालिएपछि मतगणनालाइ तिब्र बनाउन ५ स्थानमा मतगणना शुरु भएको छ । ५ दिनको अवधिमा तीनवटा वाडको समेत नतिजा आइसकेको छैन ।
सोमबार बिहान देखि ५ स्थानमा मतगणना भइरहेको बताईएको छ । केहि समय अघिदेखि वडा नंं ४ को पनि मतगणना शुरु भएको छ । अब मतगणनाले गति लिने बताइन्छ ।
मतगणनास्थलमा रहेका गणक तथा राजनीतिक दलका एजेन्टहरु समेत वाक्क भइसकेका थिए । दमकमा मतगणनामा बेलाबेला बिबाद सिर्जना भएकाले पनि केहि ढिला भएको बताइन्छ । आइतवारदेखि भने कुनै बिबाद नभइ मतगणना कार्य भइरहेको बताइएको छ ।



