मोरङका स्थानीय तहमा एकपछि अर्को जित हात पार्न थालेपछि नेपाली कांग्रेसका कार्यकर्ताले सडकमा उत्रेर विजयोत्सव मनाउन थालेका छन् ।
कांग्रेस समर्थक युवायुवतीहरुले अनुहारमा र सडकमा समेत कांग्रेसको झण्डा पेन्टिङ गरेर खुसियाली मनाउन थालेका छन् । लेटाङ र रतुवामाई दुवै नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हात पारेको छ । तर, यी दुवै नगरपालिकाका उपमेयर पदमा भने एमालेले जित हात पारेको छ ।
उत्तरी मोरङकै अर्को गाउँपालिका केराबारीमा पनि कांग्रेसले अध्यक्ष जितेको छ । त्यहाँ पनि उपाध्यक्षमा एमालेले जितेको छ ।
उत्तरी मोरङको मिक्लाजुङमा भने एमालेले जित हात पारेको छ ।



