नेकपा(एमाले)ले एक नम्वर प्रदेशमा पचास स्थानीय तहमा विजय हासिल गरेको छ । एक नम्वर प्रदेशमा रहेको १ सय ३७ स्थानीय निकायमध्ये पचास तहमा एमालेका उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी हुनु भएको हो ।
तर, उपप्रमुख/उपाध्यक्षमा भने एमालेका उम्मेदवार अझ बढी तहमा विजयी हुनु भएको छ । १ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह रहेको प्रदेश नम्बर एकमा १४ जिल्ला रहेका छन् ।
एक नम्वर प्रदेशमा ७ हजार ८सय ५९ जनप्रतिनिधि चयन हुँदैछन् । यो प्रदेशको धनकुटा जिल्लामा एमालेले क्लीनस्वीप नै गरेको छ । यो जिल्लाका सवै तहमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । ६० वडा मध्ये ४६ वडामा एमालेका उम्मेदवार विजयी भएर एकलौटी जित हासिल गरेका छन् । अन्य जिल्लामा भने मिश्रित नतिजा आएको छ ।



