पाँचथर। पाँचथरका ८ वटै स्थानिय तहको निर्वाचनको मत परिणाम आइसकेको छ । जसमध्ये नेपाली काग्रेसले ४ प्रमुख,नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले १ प्रमुखमा जित हासिल गरेको छ । यस्तै उपप्रमुखमा नेकपा एमालेले ५ प्रमुख,र नेपाली काग्रेसले ३ उपप्रमुखमा जित हासिल गरेको हो ।
पाँचथरको फिदिम नगरपालिका र याङबरक गाउँपालिकाको मत परिणाम भने ढिलो गरेर मात्रै आएको हो । प्रमुख दलहरुले प्रतिष्ठाको बिषयको रुपमा लिएको पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् ।

काँग्रेसका मेयर पदका उम्मेद्वार ओनाहाङ नेम्बाङले ६९०६ र उपमेयर पदका उम्मेद्वार उर्मिला प्रधान श्रेष्ठले ६५१८ मत ल्याएर बिजय हाँसिल गर्नुभएको हो । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयर पदका उम्मेद्वार राज कुमार भण्डारीले ५४९९ र उमपेयर पदका उम्मेद्वार मुना नेम्बाङले ५८५० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेद्वार राधाकृष्ण न्यौपानेले ३८८३, उपमेयर पदकी उम्मेद्वार रमुना लकान्द्री नेम्बाङले ३५३६, राप्रपाका मेयर पदका उम्मेद्वार देवी शिवाकोटीले ११३, उपमेयरका उम्मेद्वार टिकाहाङ जवेगुले ११३, संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेद्वार बिष्णु कुमार लाओतीले २६४, उपमेयर पदकी उम्मेद्वार भावना लिम्बूले २६० मत प्राप्त गर्नुभएको छ ।
मालेले मेयरमा ४६, उपमेयरमा ७८, लिम्बुवानले मेयरमा ११८, उपमेयरमा १३७ र फोरम लोकतान्त्रिकले मेयरमा १५ र उपमेयरमा १० मत प्राप्त गरेका छन् । १४ वटा नगरपालिका रहेको फिदिममा काग्रेसले ९ वटा ,एमालेले ३ वटा र माओवादीले २ वटा वडा अध्यक्ष जितेको छ । जसमध्ये काग्रसले फिदिम १,२,३,४,६,७,९,१०,११ यस्तै एमालेले ५,८ र १४,माओवादी केन्द्रले १२ र १३ नम्बर वडा जितेको छ ।
त्यसैगरी याङबरक गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै नेकपा एमालेले जितेको छ । अध्यक्षमा नेपाली काग्रेसका शेर बहादुर नुगोले २ सय ३५ मत अन्तरले हराउँदै एमालेका लेखनाथ घिमिरे विजयी हुनुभएको छ । घिमिरेले ३ हजार ७ सय ४८ मत प्राप्त गर्नुभयो भने नेपाली काग्रेसका नुगोले ३ हजार ५ सय १३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा नेपाली काग्रेसलाई २ सय २१ मत अन्तरले एमालेले जित हासिल गरेको छ । एमालेले ३ हजार ५ सय ७७ मत प्राप्त गरेको थियो भने काग्रेसले ३ हजार ३ सय ५६ मत प्राप्त गरेको थियो ।




