अस्पतालमा नक्कली बम राख्ने काठमाडौंको मैतीदेवीस्थीत मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद बस्तु राखेर फिरौती उठाएको अभियोगमा पक्राउ परेका तीनलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो ।

अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

उहाले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको थियो । यस्तै प्रहरीले लागू औषध अफिम कारोवारमा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिका साथ २ केजी दुई सय २४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah