भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।
सुब्बाले ९७० मत र उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हरि तिमल्सेनाले ६०५ मत प्राप्त गरेका छन् । यसैगरी, सोही वडामा नेकपा एमालेका इन्द्रसिंह राजवंशीले ६४६ मत मत प्राप्त गरी वडा सदस्यमा निर्वाचित भएका छन् । रासस




