रोमनाथ ओली ६४४५
गगन पुरी ३१९९
राम थापा ४१०८
ढुण्डिराज भण्डारी ३१४५
झापाको दमक वडा नंं ५ मा मत परिणाम आइरहदा माओबादी केन्द्रका मेयरका उम्मेदवार गगन पुरीलाइ केहि राहत मिलेको छ ।
राप्रपाका मेयरका उम्मेदवार राम थापा र काँग्रेस मेयर उम्मेदवार ढुण्डि भण्डारीले घाटा बेहोरेकाछन् । सबैभन्दा बढि फाइदा एमालेका मेयरका रोमनाथ ओलीलाइ भएको छ ।
यस वाडको मत परिणाम हेर्दा नेकपा एमाले पहिलो, माओबादी केन्द्र दोश्रो, राप्रपा तेश्रो र काँग्रेस चौधो देखिएको छ ।
माओबादी केन्द्रलाइ चोधो बाट तेश्रोमा यस वाडले उचालेको छ । थापालाइ भने अन्य वाडमा जस्तो पनि यसमा सफलता नमिलेको पाईएको छ ।
वाडध्यक्षमा र वडा सदस्यमा मत नल्याएका एमाले बाहेकका पार्टीले मेयरमा राम्रो मत पाएकाछन् । पार्टीहरुको मत क्रस भएको यसले देखाएको छ ।
माओबादी केन्द्रका एक नेताका अनुसार अहिलेसम्म कुनै पनि वाडमा अपेक्षाकृत मत आएको छैन । तर ५ नम्बरमा केहि सन्तोषजनक मत आएको छ । अब यसरी नै मतान्तर बढाउने उसको आकलन रहेको छ ।
राप्रपाले यस्तो परिणाम भन्दा पनि आफ्ना लागि केहि सकारत्मक आउने अपेक्षा गरेको राप्रपाका एक नेताले बताए । अब आफूहरुको राम्रो मत आउने वाडहरु गणना हुने भएकाले यसले माथि उक्लने ति नेताको भनाइ छ ।
नेपाली काँग्रेसले शुरुवातदेखि नै सोचे अनुसार मत पाउन सकेको छैन । काँग्रेसले आफ्ना पकड रहेका वाडमा समेत त्यति धेरै राम्रो मत नपाएको बताउने गरेको छ ।
वडा नंं ५ सम्म आइपुग्दा मेयरहरुको अन्तिम परिणाम यस्तो छ ।
रोमनाथ ओली ६४४५
गगन पुरी ३१९९
राम थापा ४१०८
ढुण्डिराज भण्डारी ३१४५



