अत्याधुनिक हतियारको बलमा आतंक मच्चाउँदै आएको माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित गिरोहमाथिको अनुसन्धान मोरङ प्रहरीले सकेको छ।
प्रहरीले झण्डै २ महिना लगाएर अनुसन्धान सक्दै मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर संगठित गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा विभिन्न ४ वटा शीर्षकमा मुद्दा दर्ता गरेको छ। ७ जनालाई प्रतिवादी बनाएर वकिल कार्यालयले हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो। सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने अत्याधुनिक हतियार एसएमजी (मेसिनगन) र पेस्तोल तथा ठूलो परिणामको गोली एवं म्यागजिनसहित गिरोहका ७ जनालाई प्रहरीले गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो। संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, ३० वर्षीय चिरञ्जिवी राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष चौधरी, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुर घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन्।

नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान चन्द्रबहादुरले ३ वर्षअघि खोटाङदेखि जागिरबाट राजीनामा दिएको खुलेको छ। संगठित गिरोह निर्माण गर्दै लुटपाट आतंक मच्चाउन उनैले हतियार ल्याउने, व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व गरेको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। व्यक्ति हत्यामा सुनसरीबाट चलाइएको कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका माओवादीका पूर्वलडाकु प्रमोदले १ वर्षदेखि संगठित एवं अपराधिक गिरोहको नेतृत्व गरेको अनुसन्धानबाट खुलेको छ। पूर्वलडाकु प्रमोद माओवादीको पूर्वाञ्चल सातौँ ब्रिगेडमा आवद्ध थिए।

गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जीन, ६२ राउण्ड गोली, कटुवा र अटोमेटिक गरेर दुईवटा पेस्तोल, पेस्तोलको एउटा म्याग्जीन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउण्ड गोली, दुईवटा सञ्चार सेट र १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो। त्यस्तै यो गिरोहले प्रयोग गर्दै आएको एउटा अटो टेम्पो, ४ वटा मोटरसाइकल र ८ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलमा खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास भएको थियो। हतियार देखाएर सर्वसाधारणलाई आतंकित एवं त्रसित बनाउँदै शिव पञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गरिएको हो।
प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा माओवादीका पूर्वलडाकु र पूर्वसेना एउटै समूहमा रहेर संगठित गिरोह खडा गर्दै अपराधमा लागेको पुष्टि भएको हो। ‘संगठित गिरोह खडा गर्दै स्वचालित हतियारका बलमा आतंक मच्चाउनेविरुद्धको अनुसन्धान सम्पन्न भएको छ,’ एसपी जीसीले भने, ‘अनुसन्धान सकेपछि अदालतमा मुद्दा दर्ता गर्न मिसिल सरकारी वकिल कार्यालयमा बुझाइयो।’

उनका अनुसार घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियार भारतबाट खरिद गरेर ल्याएको खुलेको छ। भारतमा ३ लाख रूपैयाँमा खरिद गरी सप्तरीको बाटो हुँदै डेढ वर्षअघि नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको एसपी जीसीको भनाइ छ। प्रहरीले बेलैमा गिरोहलाई पक्राउ गर्न सकेका कारण अत्याधुनिक हतियारको गैरकानुनी प्रयोग गर्दै अरु ठूला अपराधिक घटना गराउन भने नपाएको जानकारी उनले दिए।

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएपछि न्यायाधीश लामिछानको इजलासमा बिहीबारबाट प्रतिवादीको बयान सुरु भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। ‘अभियुक्तहरुको बयान सकिएपछि मुद्दाको थुनछेक बहस हुन्छ,’ उनले भने, ‘बहसपछि इजलासबाट आदेश आउने छ।’ धमलाका अनुसार प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा अर्थात साधारण तारेखमा छाड्ने आदेश हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah