काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बताएका हुन् ।
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।



