रुपन्देही : बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भएका छन् । साझेदार दलहरु नेपाली कांग्रेस,माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको घेराबन्दीलाई तोड्दै बुटवल उपमहानगरपालिमा एमालेका शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्य विजयी भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

यहाँ  प्रमुख, उपप्रमुखसहित १७ वडामा सबै प्यानलसहित एमालेले जितेको छ । बाँकी २ वडा अध्यक्ष मात्र काँग्रेसले जितेको छ ।

काँग्रेस माओवादी केन्द्र गठबन्धनका तर्फबाट काँग्रेसले खेलराज पाण्डेलाई मेयरको उम्मेदवार वनाएको थियो । गठबन्धनले माओवादी केन्द्रका जगतबहादुर पोखरेलाई उपमेयरको उम्मेदवार बनाएको थियो । अहिले अन्तिम वडा १९ नम्बरका केही मतको गणनाका भईरहे पनि ती मतहरुले अब निर्वाचन परिणाममा कुनै अर्थ राख्नेछैन् । किनभने ती सबै जोड्दा पनि गठबन्धन धेरै पछि छ ।

नगरमा काँग्रेसले प्रमुख उपप्रमुख पदमा माओवादी केन्द्रसित तालमेल गरेको थियो भने वडामा राष्ट्रिय जनमुक्तिसित तालमेल गरेको थियो । बुटवलमा ४९ हजार ८ सय ९५ मत खसेको थियो । यहाँ ६६ हजार ६ सय ६३ मतदाता थिए ।

बुटवलमा ०५१ सालदेखि यताका हरेक खालका चुनाबहरु एमालेले सानदार रुपमा जित्दै आएको छ ।  एमालेको किल्ला तोड्ने भन्दै तीन दल मोर्चाबन्दीमा उत्रिए पनि स्थानीय विकास र प्रदेश बिभाजन बिरुद्ध खेलेको भूमिकाका कारण मतदाताहरुले एमालेलाई नै रोजे ।

दोस्रो चरणमा निर्वाचन भएका ७ उपमहानगरपालिका मध्ये घोराहीमा यसअघि नै एमालेले जितिसकेको छ । बुटवल एमालेले जितेको दोस्रो उपमहानगर हो । पहिलो चरणमा निर्वाचन भएको एक मकमात्र उपमहानगरपालिका हेटौंडा पनि कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले नै जितेको थियो । दोस्रो चरणको निर्वाचनपछि मत गणना भइरहेका धरान, इटहरी र तुलसीपुरमा पनि एमालेको अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah