बिष्णुप्रसाद पोखरेल
झापा दमकको मतपरिणाम रोमाञ्चकारी हुने गरेको पाइएको छ । वडा नंंं ६ सम्म आइपुग्दा एकलौटी रुपमा जहाँ पनि लिड गरेका एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीलाइ ७ नम्बरमा आइपुग्दा राम थापाले पछि पारे ।
त्यतिमा नभएर गगनले पनि उनलाइ अलि पछि हिडाए । तर थापाको जून रुपमा यस वाड
मा मत झर्ने राप्रपाले आन्तरिक आकलन गरेको थियो त्यो अनुसार यहाँ मत खसेन भन्नेहरु रहेकाछन् ।
यता दमकको वाड नं. ८ मा आएपछि प्रारम्भिक नतिजामा माओबादी केन्द्रका उम्मेदवार गगन पुरीले ओली र थापालाइ पछि हिडाएकाछन् । झिनो मतान्तरले पुरीले अहिले यो वाडमा लिड गरिरहेकाछन् ।
पुरीका लागि यो सबैभन्दा आश लाग्दो वाडको रुमा हेरिएको छ । उनले अन्यत्र बराबरी आएर यहाँ लिड गर्ने आन्तरिक आकलन गरेका थिए । तर मत परिणाम त्यसरी नआएपछि उनका लागि मेयरको सपनामा धक्का लागेको छ ।
मतपरिणाम अनुसार अहिलेसम्म १ नम्बर र ७ नम्बरमा राप्रपाका क्रमश तारा अधिकारी र भिम पौड्यालले जित हासिल गरेकाछन् । उनिहरुले आफ्नो प्यानलमा कसैलाइ पनि संगै लैजान सकेका छैनन् ।
नेपाली काँग्रेसका मेयरका उम्मेद्वार ढुण्डिराज भण्डारीका लागि भने यो म
तपरिणाम अप्रत्याशित रहेको छ । उनले अहिलेसम्म सन्तोष जनक मततपरिणाम ल्याउन र कुनै पनि वाडमा लिड गर्न
सकेका छैनन् ।
उनलाइ अन्य तीनवटा मेयरका उम्मेदवारहरुले शुरुवातदेखि अन्तिमसम्म धक्काको धक्का दिइरहेकाछन् । काँग्रेसबाट एकजना पनि अहिलेसम्म कोहि निर्वाचित भएको अवस्था रहेको छैन ।




