राप्रपाको र माओबादी केन्द्रको गढ मानिएको झापाको दमक वडा नं. ७ मा स्थानीय सामाजिक अगुवा तथा युवा नेता श्याम कार्की वडा सदस्यमा बिजयी भएकाछन् ।
स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय रहने उनी सदस्यमा बिजयी भएकाहुन् । उनि साविक वडा नं. १२ को युवा संघको अध्यक्ष पनि रहेका थिए ।
अध्यक्षमा राप्रपाले जित हासिल गरेपनि सदस्यमा भने उनले जित हासिल गरेकाछन् । उनले यहाँका वडाबासीले आफूलाइ बिश्वास गरेको बताउदै अब यस क्षेत्रको बिकासमा आफू लाग्ने बताए ।



