झापाको दमक ८ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । यस वाडमा माओबादी केन्द्रका मेयरका उम्मेद्वार गगन पुरीको लिड कायम नै रहेको छ । एमालेका रोम नाथ ओलीको पछ्याइरहेकाछन् भने राम थापा त्यहाँभन्दा पछि रहेकाछन् ।
उपमेयरमा एमालेकी उपमेयरकी उम्मेद्वार गिता अधिकारीले लिड गरेकीछन् । अहिलेसम्म उनि कुनै पनि वडामा पछि परेकी छैनन् । ८ नम्बरमा पनि उनैले लिड गरेकीछन् । काँग्रेसकी उपमेयर उम्मेदवार रेगिना भट्टराइले पछ्याइरहेकीछन् ।
वडाध्यक्षमा एमालेका पशुपतिराज गौतम सहितको प्यानल नै अगाडि रहेको छ । अन्तिम नतिजा आउन लागेको अवस्थामा गौतमको प्यानल नै अगाडि रहेको छ । काँग्रेसका उम्मेदवार रबि न्यौपानेले पछ्याइरहेकाछन् ।




