महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, बाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तर प्रदेश–१ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । आज राति पनि मौसममा खासै बदलाव हुनेछैन ।
ADVERTISEMENT



