च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता इंग्लिस चेल्सीले बुधबारराति शानदार जित आत्मसाथ गरेको छ । उसले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा स्विडिस क्लब माल्मोलाई ४–० ले हराएको हो ।

 

चेल्सीको जितमा जर्जिन्होले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएको थियो । यस्तै क्रिस्टियनसन र काई हाभर्टसले १–१ गोल गरे ।

खेलको नवौं मिनेटमा क्रिस्टिनसनको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले थियागो सिल्भाले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।

जर्जिन्होले २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । काइ हाभर्टसले ४८औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे । उनले कोलम हडसन ओडोइले उपलब्ध गराएको पासमा गोल गरे ।

 

जर्जिन्होले ५७औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसक्दा चेल्सीले सहज जित हात पार्यो ।

यो जितसँगै ३ खेलबाट ६अंक जोडेको चेल्सी समूह ‘एच’ को दोस्रो स्थानमा कायम रहँदा माल्मो अंक बिहीन हुँदै तालिकाको पुछारमा छ ।

यो समूहमा ३ खेलबाट ९अंकका साथ युभेन्टस शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको जेनिथले ३ अंक जोडेको छ ।

यही समूहको अर्को खेलमा युभेन्टसले जेनिथमाथि १–० को कठिन जित हात पार्यो ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार नै भएको समूह ‘जि’ का खेलमा साल्जबर्गले उल्फ्सबर्गमाथि ३–१ को जित हात पार्दा सेभिया र लिलीले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah