सबैजसो खेतमा लहलह धान झुलेर किसानहरुलाई धान भित्राउने अहिले भ्याइ नभ्याइ छ । किसानले अहिले खेतबारीमा नै दिनरात नभनेर खेतका धान भित्रयाउन ब्यस्त छन् ।

तर नवलपरासी पूर्बको पहाडी गाउँपालिका बुलिङटार- २ का ८५ प्रतिशत किसान भने यो बर्षभरि के खाने भन्ने कुराले चिन्तित छन् । स्थानीय नरबहादुर रानाभाट भन्नुहुुन्छ- “बाटोले कुलो सबै भत्काए पछि दुई हजार रोपनी खेत बाँझै छ ।”

भाङवारीको करिब दुई हजार रोपनी खेतमा रोपाइँ हुन कुलोमा पानी बग्नुपर्छ । कालिगण्डकी करिडोर बिस्तार गर्ने क्रममा कुलो मै सडक बनाइदिएपछि खेत बाँझै भएको हो- वडाध्यक्ष प्रेमबहादुुर थापा मगरले भन्नुभयो । पछि कुलोमा पानी जाने गरी सानो ट्रयाक खनिएको भएपनि माथिबाट ठूलो पहिरो झरेपछि कुलो पुरै पुरिएको थियो । बाँझो हुँदा करीब तीन सय परिवारमा यो बर्ष बिहान बेलुका चुल्हो बाल्न गाह्रो पर्ने स्थानीय रुपबहादुर थापा मगरले गुनासो गर्नुभयो ।

साठीकुलोको मैदानै गएको र पछि ट्र्याक खोलिदिएको भएता पनि बर्षातको समयमा माथिबाट खसेको पहिरोले कुलो भत्किएको र समयमै सम्बन्धित निकायले पहल नर्गदा कुलो बनाउन नसकिएको किसानहरु बताउँछन।

नजिकै बगेको लादी खोलाबाट सधैँ कुलो भरी पानी बगिरहन्थ्यो तर यस पटक लादी खोला समेत उर्लिदा थप समस्या बढेको किसान केहर सिंह रानामगरले बताउनुभयो ।

माथिबाट खसेको पहिरोले पुरिएको कुलो र नजिकै कालिगण्डकी करिडोरको पुल बुलिगंटार १ र २ नम्बर वडाका मानिसहरुको उक्त ठाउँमा खेत रहेको छ । पहाडी भेग भएकाले बर्षातमा गाडी चल्न समेत कठिन हुने उक्त ठाउँमा रहेको खेत समेत रोप्न नपाएपछि चिन्ताले सताउन थालेको किसान भीमसेन गरंजा मगरको चिन्ता छ ।

छोटो र सजिलो कुलो हुदाँहुदै पनि खेत रोप्न नसकिएको प्रति उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर गंरजा मगरले दुखेसो पोख्नुभयो । साथै गाउँपालिकाको कमजोर नेतृत्व र कालीगण्डकी करिडोरको ठेकेदार कम्पनी को मुख्य दोषी रहेको अध्यक्ष गरंजा मगरले गुनासो गर्नुभयो ।

करिडोर निर्माणका क्रममा कुलो भत्काएपछि कुलो नबनाउँदा किसानहरुले आक्रोश पोखेका छन । खेत बाँझै हुनेभएपछि किसानहरु गाउँपालिकामा कुलो बनाइदिन माग गर्दै डेलिगेशन समेत गएका थिए ।

उक्त समय गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले तत्काललाई पहिरो हटाएर अस्थायी ट्रायक खोलिदिने बताए पनि अध्यक्षले बेबास्ता गरेको किसानहरुले बताए ।

अहिले किसानहरुले उक्त समाधान दीर्घकालिन नभएको भन्दै स्थायी रुपमा कुलो बनाउनुपर्ने अडान राख्दै अब पनि स्थायी रुपमा निर्माण नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah