लमजुङ जिल्लाको पश्चिमी भेगमा भूकम्पको धक्का महसुस भएको छ ।
स्थानीयका अनुसार सोमबार साँझ ८ बजेपछि भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको थप विवरण आउन बाँकी छ ।
२०७२ सालमा गोरखा केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पपछि पश्चिम नेपालका जिल्लाहरुमा सानाठूला भूकम्पका धक्का महसुस भइरहेका छन् ।
कतिपय यी धक्का परकम्प भएको भनिएको छ भने कतिपय नयाँ भूकम्प भएको भूकम्प मापन विभागले जनाउने गरेको छ ।



