महोत्तरीको गौशाला बजारमा एक व्यापारीले किसानसँग तरकारी किने। बुधबार साँझ उनले कृषकलाई रुपैयाँ दिए। तर किसानलाई त्यो नोट नक्कली जस्तो लागेपछि प्रहरीमा खबर गरे।
प्रहरीले खबर पाएपश्चात नक्कली नोट कारोबार गर्ने गौशाला—९ का व्यापारी ४४ वर्षीय सुकन महतोलाई फक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालयले उनको गौशालास्थित डेरामा छापा मार्दा प्रहरी नै चकित भए। जहाँ व्यापारी महतोले तरकारी व्यापारीको भेषमा नक्कली र नोट छाप्ने मेसिन भेट्टायो। प्रहरीले उनीमाथि खोटा चलन र जाली नोटको प्रयोग शीर्षकमा अनुसन्धान थालेको छ।

लाखौं नक्कली नोट बरामद

गौशालाका इन्स्पेक्टर विष्णु प्रदिप बस्यालका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यापारी महतो गौशाला—५ स्थित बजारमै महावीर दासको घरमा डेरा लिएर बस्दै आएका थिए।

विभिन्न दरका नेपाली ८ लाख ८२ हजार ४२० र भारतीय २ लाख ७७ हजार ९७० रुपैयाँको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए।

दिल्लीमा सिकेर नेपालमा कारोबार

आरोपी महतो २० वर्ष दिल्ली बसेर विभिन्न उद्योगहरुमा काम गरे। त्यही उनी कम्प्युटर चलाउने सिके। २ वर्षदेखि नक्कली नोट छाप्ने धन्दा गर्न थालेको प्रहरी बताउँछन्। उनी भारतबाट जाली नोट छाप्न सबै सरसमान जोहो गरे नेपाल आएका थिए। कम्प्युटरदेखि होलोग्राम जम्मा गर्न उनलाई एक वर्ष लाग्यो। प्रहरीका अनुसार बरामद गरिएको सबै नक्कली नोट उनले भारतमै छापेर गौशाला ल्याएका हुन्।

‘सक्कली नोटलाई स्कायनरले स्केन गरेर आरोपी महतो जाली नोट तयार गर्छन् ’,इन्स्पेक्टर बस्यालय भन्छन्,‘त्यसमा होलोग्राम लगाएर सक्कली जस्तै बनाउँछन्।’ चार–पाँच दिनदेखि उनी तरकारी व्यापारीको भेषमा गौशाला बजारमा तरकारी होलसेलमा किन्थे र नक्कली नोट दिन्थे। अनि त्यसलाई उनले सक्कली रुपैयाँमा क्यास गर्न थालेका थिए।’

गौशाला नगरपालिकाको कार्यालय पछाडि उनले पक्की घरमा सटर भाडा लिएका थिए। जहाँ उनले भारतमा छापेर ल्याएको नक्कली नोट भण्डार गरेको गौशाला प्रहरीले जनाएको छ।

जाली नोट छाप्ने तयारी

आरोपी महतो गौशालामै जाली नोट छाप्ने तयारीमा थिए। तर प्रहरीले समयमै जानकारी पाएकाले उनको योजना सफल हुन सकेन। उनीलाई पक्रिदै प्रहरीले उनको कोठाबाट नक्कली नोट छाप्ने १र१ थान प्रिन्टर मेसिन र रवर स्टाम्प, लालीगुँरास छाप भएको फलामको ढ्याक ३ थान, महात्मागान्धी भएको फलामको ढ्याक १ थान फेला परेको छ। कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा २ थान लगायतको सामानसमेत बरामद गरिएको छ। दिल्लीबाट आरोपी महतो २ महिना अघि मात्रै नेपाल आएका थिए।

अन्नपुर्ण बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah