काठमाडौं। ग्रह राशि परिवर्तनको हिसाबले कात्तिक महिना केही राशिको भाग्य चम्किने देखिएको छ । यही महिनाको १६ गते मंगलबारदेखि बुध ग्रह कन्या राशिबाट निस्केर तुला राशिमा गोचर गर्दैछ । जहाँ यो मंसिर ५ गतेसम्म रहने र त्यसपछि वृश्चिक राशिमा गोचन गर्नेछ । कात्तिक १३ गते सूर्य तुला राशिबाट निस्केर वृश्चिकमा जानेछ । ग्रह र नक्षत्रको हिसाबले कात्तिक महिना त्यसमाथि पनि यसपटकको तिहार केही राशिका लागि शुभ हुने देखिन्छ।

यसपटकको तिहारमा राशिको अवस्था

तिहार अर्थात यमपञ्चकको समयमा चन्द्र, मंगल, सूर्य र बुध तुला राशिमा रहने छ । शनि र वृहस्पति पहिलेदेखि नै मकरमा रहेका छन् । शुक्र ग्रह धनुमा र राहु ग्रह वृष राशिमा रहने छ।

यि राशिका लागि यसरी शुभ रहने

मेष, कर्कट, कन्या र मकरका लागि अत्ति उत्तम । मिथुन, सिंह, वृश्चिक , धनु र मीनका लागि उत्तम । र, बाँकीका लागि सामान्य रहने छ । कस्तो छ त तिहारमा राशिहरुको अवस्था?

१. मेष : मेष राशिका लागि यो तिहार अति शुभ छ । यो राशि हुनेहरुको लागि हर क्षेत्रमा जित सुनिश्चित छ । आर्थिकरुपमा पनि अवस्था सुदृढ रहने छ । पारिवारिक जीवन पनि खुसीले भरिपूर्ण हुने छ । नोकरी पेशामा मानसम्मान बढ्ने छ । स्वास्थ्यमा सुधार हुनेछ।

२. वृष : यो राशि हुनेका लागि तिहार मिलिजुली फल दिने हुनेछ । प्रतियोगी परीक्षामा सफलता हात परे पनि अन्य क्षेत्रमा सफलताको सम्भावना कम छ । हरेक क्षेत्रमा पराक्रम आवश्यक देखिन्छ । परिवारलाई खुशी राख्न र स्वास्थ्यलाई ध्यानमा राख्न आवश्यक छ।

३.मिथुन : यो राशि हुनेको दाम्पत्य जीवनमा मधुरता छाउनेछ । बेरोजगार छन् भने रोजगारीको कृपा यस तिहारमा मिल्नेछ । व्यापारीहरुलाई माता लक्ष्मीको कृपा मिल्ने छ । विद्यार्थी वर्गका लागि पनि यही तिहारले खुशीको सञ्चार गराउने छ । आत्मविश्वास पनि बढ्ने छ । धनलाभ हुनाले सामाजिक समस्याको समााधान हुनेछ।

४. कर्कट : कर्कट राशि हुनेहरुका लागि तिहार अत्ति उत्तम समय छ । नोकरीमा उन्नति हुने र व्यापारमा लाभ हुने अवस्था छ । बेरोजगारको रोजगारी मिल्ने सम्भावना छ । धनलाभ र लगानीको अवस्था आउने छ । यात्राको संयोग पनि जुर्ने देखिन्छ।

५.सिंह : सिंह राशि हुनेहरुको मान सम्मानमा वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको योग छ । व्यापार र व्यवसायमा लाभ मिल्नेछ । विद्यार्थीका लागि अनुकुल समय बन्नेछ।

६. कन्या : कन्या राशि हुनेहरुको लागि तिहार उत्तम समय बन्नेछ । काम धन्दा राम्रोसंग चल्नेछ । नोकरीमा उन्नत्ति हुनेछ । परिवारमा खुसीको माहोल हुनेछ । कुनै पनि किसिमकाट गरिएका लगानीबाट लाभ मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ।

७. तुला : तुला राशि हुनेहरुको लागि मिलिजुली फल मिल्ने अवस्था छ । सतर्क रहेर कठिन परिश्रम गर्न भने आवश्यक छ । परिवारलाई ध्यान दिन आवश्यक छ । नोकरीपेशामा सावधानी अपनाउन जरुरी छ । ध्यान पुर्याएर मात्र लगानी गर्नु उचित हुनेछ।

८. वृश्चिक : यो राशि हुनेहरुका लागि बिभिन्न कारोबारबाट लाभ हुने देखिन्छ । कार्यालयमा प्रतिष्ठा बढ्ने छ । धन सम्पत्ति आर्जन गर्ने अवसर मिल्नेछ । संकट निवारण हुने र सुख मिल्ने योग देखिन्छ।

९. धनु : धनु राशि हुनेहरुका लागि समय अति राम्रो छ । नोकरी पेशामा पदोन्नति हुने योग छ । कार्य क्षेत्रमा गरेको मेहनतको सबैले प्रशंसा गर्नेछन् । व्यापारी वर्गलाई शुभ फल प्राप्त हुने अवस्था छ । पारिवारिक जीवन खुसीले भरिनेछ । आर्थिक पक्ष अति सबल हुने सम्भावना छ।

१०. मकर : यो राशि हुनेहरुको लागि समय फाइदाजनक छ । नोकरी र व्यवसायमा सफलता हात पर्नेछ । धेरै समस्याहरु सुल्झिनेछन्। विद्यार्थी वर्गका लागि खुसीको खबर प्राप्त हुने छ । लगानीबाट लाभ मिल्नेछ।

११. कुम्भ : यो राशि हुनेहरुका लागि समय मिलिजुली फल दिने खालको छ । स्वास्थ्यमा ध्यान दिने हो भने तिहारसहित यो कात्तिक महिना अति राम्रो हुने छ । व्यापारमा अवस्था सामान्य हुँदा नोकरीमा अवस्था उत्तम छ । घरमा मांगलिक कार्यको पनि सम्भावना छ।

१२. मीन : मीन राशी हुनेहरुका लागि समय उत्तम छ । कुनै महत्वपूर्ण काममा सफलता मिल्नेछ । नोकरी पेशामा खुसीको समाचार सुन्न पाइनेछ । परिवारमा खुसी र सुखको अवस्था बढ्ने छ । यो राशि भएका विद्यार्थीहरु परीक्षा प्रतियोगितामा सफल हुने योग छ । पेटमा समस्या हुँदा अपच हुने खतरा देखिन्छ । शत्रु सक्रिय रहनेछन् । शेयर बजार, लट्री, सट्टपट्टा जस्तो क्षेत्रमा भने हानी हुने सम्भावना देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah