अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
यादव लगायत ३ जनाले जग्गाको विषयमा वादबिवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न हाल फरार दुईजनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



