काठमाडौं-  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोकेका हुन्। सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।

आजका लागि राणाले दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, वमकुमार श्रेष्ठ र कुमार चुडाल, प्रकाश कुमार ढुंगाना, सुष्मालता माथेमा, तेजबहाजुर केसी र कुमार रेग्मीको इजलास तोकेका हुन्।

यसअघि सोमबारपनि प्रधानन्यायाधीश राणाले आफू बाहेकका इजलास गठन गरेका थिए। प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दबाब दिइरहेका छन्। राणाविरुद्ध नेपाल बार एसोसिएसनपनि आन्दोलनमा उत्रिएको छ।

राजीनामाको दबाबपछि राणाले सम्मानजनक बहिर्गनमका लागि समय दिन आग्रह गरेका छन्। मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतको विषयले राणा विवादमा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah