काठमाडौं – कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँण भर्खरै इलाम गएका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ ।
गृहमन्त्री खाँणले इलामसँगै पाँचथर धनकुटालगायतका जिल्ला भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँका बाढीपीडितहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको सचिवालयका एक सदस्यले नेपालवाचलाई बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको भ्रमणमा गएकाले गृहमन्त्री खाँण कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।



