उर्लाबारी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुलाई शपथ ग्रहण गराईएकाे छ । शपथ ग्रहण कार्यक्रममा सभापति तथा उर्लाबारीका नगर अधिकृत एवम् प्रमुख निर्वाचन आयुक्त अम्बिकाप्रसाद चाैलागाईले नव निर्वाचित मेयरलार्इ शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा माननीय सांसद पर्तमान धिमालले सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई शुभकामना ब्याक्त गर्नुभयाे ।
कार्यक्रममा समाजेसेवी, ब्यापारी र राजनीतिक दलका ब्यक्तिहरुकाे उपस्थित थियाे । मेयर फागाेले “हामी जति जना जनताकाे प्रतिनिधि चुनिएर अाएका छाै अाज अहिलेकै मितिदेखि हामी जनताकाे प्रतिनिधि हाै, हाम्राे कारणले जनताले दुख पाउनु भएन, अाजदेखि हामी कुनै दलकाे हाेइनाै र हामीलाई तपाई त हाम्राे मान्छे यति गरिदिनु पर्याे भन्दै नअाउनु हाेला” भन्नू भयाे । साेही अवसरमा मेयर, उपमेयर, वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुलाई पद बहाली गरियाे ।



