भारतको क्रिकेट टिम यस वर्षको टी(२० विश्व कपबाट बाहिरिएको छ। भारत सेमिफाइनलमा स्थान बनाउन असफल भयो। आफ्नो अन्तिम ग्रुप म्याचमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्‍यो। यसका साथ टी(२० कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि सकिएको छ। विश्व कप भन्दा पहिला नै विराट कोहलीले विश्वकपपछि टी(२० कप्तानी छाड्ने घोषणा गरेका थिए।

खेलपछि कोहलीले अन्तर्राष्ट्रिय टी(२० टीमको कप्तानी छोड्ने सही समय भएको बताए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ूसबै भन्दा पहिला त राहत महसूस गरिरहेको छु। तर विषयलाई सही परिप्रेक्ष्यमा राख्नुपर्छ।ू

विश्वकपमा भारत सेमिफाइनलमा नपुगेपछि कोहलीले आलोचनाको सामना गर्नु परिरहेको छ। कोहलीले आफ्नो कप्तानीमा भारतलाई कयौँ सम्झनयोग्य जीत दिलाए। तर, कुनै पनि आईसीसी प्रतियोगिता कप्तानका रूपमा जित्न भने सकेनन्।

आफ्नो टोलीका खेलाडीहरूसँग धेरै राम्रा समय बिताएको उनले बताए। ‘हामीले एक टिमको रूपमा राम्रो प्रदर्शन गरेका छौं। मलाई थाहा छ, यो विश्वकपमा हामी धेरै अगाडि बढ्न सकेनौँ। तर टि२० मा हामीले निकै राम्रा नतिजा हासिल गर्‍यौँ र हामीलाई एक साथ खेल्न निकै मज्जा आयो,’ पत्रकार सम्मेलनमा उनले भने।

‘टी(२० क्रिकेट मार्जिनको खेल हो। तपाईं पहिलो दुई खेलमा दुई ओभरको कुरा गर्नुहुन्छ। तर, मैले पहिले पनि भनेको थिएँ, हामी निडर भएर खेल्न सकेनौँ। हामी टसको बहाना दिने टोली होइनौँ।’

उनले मुख्य प्रशिक्षक रवि शास्त्री र अन्य स्टाफलाई पनि धन्यवाद दिए। प्रशिक्षकका रूपमा शास्त्रीको पनि यो अन्तिम खेल थियो। अब राहुल द्रविडले भारतीय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।

‘अब खेलाडीको रूपमा्तपाईंले त्यस्तै जोस देखाउनुहुन्छ तरु’ भन्ने पत्रकारको प्रश्नमा कोहलीले भने, ‘त्यो कहिले पनि परिवर्तन हुने छैन। यदी मैले त्यसो गर्न सकिनँ भने म अगाडि खेल्न सक्ने छैन। पहिला जब म कप्तान थिइनँ, म जहिले पनि खेलमा के भइरहेको छ भनेर हेर्नका लागि उत्साहि हुन्थेँ।’ कोहलीले भने,ुम मात्र मैदानमा खडा रहूँ र केही नगरुँ, यो हुन सक्दैन।ु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah