जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायँ पाएका एक फरार अभियूक्त पक्राउ परेका छन्।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा न.१ का टसी भनिने राज विक पक्राउ परेका हुन्। उनलाई रामेछाप मन्थलीमा लुकिछिपी बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
रामेछाप प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले उनलाई पक्राउ गरेको थियो।
‘हामीले मन्थलीमा रहेको सूचना पाएपछि उनको फलो गरेका थियौं,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले भने ।
उनलाई सर्वोच्च अदालतको २०७२ मंसिर ६ गतेको फैसलाले जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाँय सुनाएको थियो।



