बिहीबार शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको हो । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका तथ्याङ्क बिभागले जनाएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ ।

देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको बिभागका निर्देशक केशव कुमार गौतमले जानकारी दिनुभयो । देशभरमा ८७ वटा जिल्ला स्तरका जनगणना कार्यालय स्थापना गरेको उहाले बताउनुभयो ।

गौतमले तथ्याङ्को गुणस्तर कायम हुने गरि जनगणना हुने उल्लेख गर्नुभयो । उहाले तथ्याङ्क संकलन गर्न आउनेलाई सहि तथ्याङ्क दिएर सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ । उहाले जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah