आइसिसी टी-२० विश्वकप २०२१ को उपाधिका लागि आज राति अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार राति ७स्४५ बजे दुबईमा सुरू हुनेछ। खेलपछि टी-२० विश्वकपले नयाँ विजेता पाउनेछ।

अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो।

एकदिवसीय विश्वकप पाँच पटक जितेको अस्ट्रेलियाका लागि पहिलो टी-२० विश्वकप जितेर इतिहास बनाउने अवसर छ।

यता न्युजिल्यान्ड भने पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो। एकदिवसीय विश्वकपको पछिल्ला दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको न्युजिल्यान्डका लागि टी-२० विश्वकपमा पनि अवसर आएको छ।

 

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले उपाधि लक्ष्यमा अब एक कदम पछि रहेको प्रतिक्रिया दिएका छन्।

सन् २०१९ को विश्वकप उपविजेता र विश्व टेस्ट च्याम्पियनसिपको विजेता न्युजिल्यान्ड पहिलो पटक विश्वकप जितेर इतिहास बनाउन तयार गरेको कप्तान केन विलियमसनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah