काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पूर्व जाने भएका छन् । पार्टीको क्षेत्रीय अधिवेशनको अघिल्लो दिन सभापति देउवा मोरङ र सुनसरी जान लागेका हुन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने सन्दर्भ पारेर उनी पूर्व जान लागेका हुन् । गाउँपालिकाले आइतबार दिउँसो १२ बजे भवन उद्घाटन गर्ने कार्यक्रम राखेको कांग्रेस नेता अमृत अर्यालले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ । उहाँले गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि पार्टीको यत्रो महाधिवेशन छ, राजनीतिक भेटघाट त छँदैछन्,’ अर्यालले इकान्तिपुरसँग भने ।

प्रदेश नम्बर १ मा देउवाको कम प्रभाव रहेको आँकलन भइरहेका बेला क्षेत्रीय अधिवेशनको सम्मुखमै उनको पूर्व भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मोरङ कांग्रेसमा कोइराला परिवारको जग मानिन्छ ।

केन्द्रीय सभापतिका आकांक्षी समेत रहेका नेता शेखर कोइरालासमेत विराटनगर मै छन् । केन्द्रीय महाधिवेशनमा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू मतदाता हुन्छन् । ६३ जिल्लामा सोमबारदेखि केन्द्रीय महाधिवेशनका प्रतिनिधिको निर्वाचत सुरू हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah