काठमाडौं –  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान करिब ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको जनाइएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय